Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • जबर्जस्ती करणीका घटना बढे

    जबर्जस्ती करणीका घटना बढे

    अनलाइन नेपाल
  • शनिबार, १३ असार २०७७
  • 3.7K
    SHARES

    भोजपुर । भोजपुरमा पछिल्लो समय जबर्जस्ती करणीका घटना वृद्धि भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले दिएको तथ्याङ्कअनुसार दर्ता भएका कूल मुद्दामध्ये ७० प्रतिशतभन्दा बढी बलात्कारका घटनाको मुद्दा रहेका छन् ।

    यस आर्थिक वर्षमा जिल्ला सरकारी वकिल कार्यालयमा आएका फौजदारी र जिल्ला प्रशासनबाट आएका १५२ वटा मुद्दामध्ये ७० प्रतिशत जबर्जस्ती करणीसम्बन्धी रहेको कार्यालयले जनाएको छ । साङ्गठनिक अपराधका मुद्दा केही बढेको भए पनि सम्बन्धविच्छेदका मुद्दामा भने यस वर्ष कमी देखिएको निमित्त जिल्ला न्यायाधिवक्ता प्रमोद भट्टराईले जानकारी दिए ।



    कार्यालयले स्थानीयस्तरसम्म पुगेर विद्यामान कानूनमा भएको व्यवस्थाको विषयमा जानकारी दिएसँगै उजुरी दिनेको सङ्ख्या वृद्धि भएको उनले बताए ।



    भट्टराईले भने, “कार्यालयमा आएका मुद्दामध्ये ७० प्रतिशत मुद्दा जबर्जस्ती करणीका मुद्दा रहेका छन, गत वर्षको तुलनामा बहुविवाहका मुद्दामा भने कमी आएको छ, विशेष गरेर हामीले स्थानीयस्तरसम्मका पुगेर कानूनी प्रावधानको विषयमा जानकारी दिएको कारण न्याय खोज्दैको आउनेको सङ्ख्या वृद्धि भएको देखिन्छ ।”

    विगत वर्षमा भूकम्पले जीर्ण भएको भवनमा बसेर काम गर्नुपर्ने अवस्था भए पनि अहिले कार्यालय भवन निर्माण भएपछि कार्यसम्पादनमा सहजता थपिएको कर्मचारीको भनाइ छ । कार्यालयमा स्तनपान कक्ष, थुनुवा कक्ष, बयान कक्ष र तयार गरिएको छ । पुरानो भवनमा छुट्टै कोठाको व्यवस्था नहुँदा कतिपय गोपनीयतालाई ध्यान राख्दै बयान लिने क्रममा समस्या हुने गरेको भए पनि अहिले त्यो अवस्थाको अन्त्य भएको कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार