Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रविधिको प्रयोगमा सतर्क रहन सरकारलाई संसदीय समितिको निर्देशन

    प्रविधिको प्रयोगमा सतर्क रहन सरकारलाई संसदीय समितिको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असार २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले नियमनकारी निकायले सरकारलाई अनाधिकृत रुपमा विभिन्न एप्स र सामाजिक सञ्जाल प्रयोग नगर्न सरकारलाई निर्देशन दिएको छ ।

    समितिले शुक्रबार साइबर अपराध र सुरक्षाबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्यूरो, राष्ट्रिय सूचना प्रविधि केन्द्रका पदाधिकारीसँग छलफल गरेर नेपालमा अनाधिकृत रुपमा विभिन्न एप्स र सामाजिक सञ्जाल डाउनलोड र प्रयोग गरिएका कारण साइबर अपराध बढेको निश्कर्ष निकाल्दै समितिले पुष्टि गरेपछि मात्रै एप्स र सामाजिक सञ्जाल प्रयोग गर्न सरकारलाई निर्देशन दिएको हो ।



    केही दिनअघि जुम मिटिङमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्तव्य दिँदै गर्दा अश्लिील भिडियो देखिएको थियो । उक्त घटनाले नेपालको साइबर सुरक्षामाथि प्रश्न उठेको भन्दै विकास समितिमा कुरा उठेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार