Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • क्वारेन्टाइन बनाएको विद्यालयमा आगलागी

    क्वारेन्टाइन बनाएको विद्यालयमा आगलागी

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असार २०७७
  • 3.6K
    SHARES

    फाइल तस्विर

    डोटी । केआईसिंह गाउँपालिका–६ मा रहेको भूमिराज माध्यमिक विद्यालय देवस्थलमा गएराति आगलागी भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार आगलागीबाट उक्त विद्यालयको कम्तीमा १५ लाख बराबरको क्षति भएको छ ।



    विद्युत चुहावत भएर आगलागी हुँदा उक्त क्षति भएको प्रहरीको अनुमान रहेको छ । भारतबाट रोजगारी गरी फर्किएका नागरिकलाई उक्त विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।



    क्वारेन्टाइनमा बसेकाहरुको सुरक्षाका लागि ड्युटीमा रहेका प्रहरीले आगलागी भएको देखेपछि सबैलाई खबर गरेको सो विद्यालयका शिक्षक यज्ञराज भट्टले जानकारी दिए ।

    स्थानीयवासी, क्वारेन्टाइनमा बसेका नागरिक तथा प्रहरीसहितको टोलीले झण्डै डेढ घण्टामा आगो नियन्त्रणमा लिएको शिक्षक भट्टले जानकारी दिए ।

    आगलागीबाट विद्यालयको कार्यालय कोठामा रहेको डेस्कटप कम्प्युटर पाँच थान, ल्यापटप एक, फोटोकपि मेशिन दुई, प्रिन्टर एक, ई–हाजिरी मेशिनलगायत मेशिनरी सामान जलेर नष्ट भएका विद्यालयका लेखापाल गणेश भट्टले बताए ।

    त्यसैगरी आगलागीबाट विद्यालयका काठका बेन्ज, टेबुल, ह्वाइट बोर्ड १०, प्लाष्टिकका कुर्सी ३०, बुक कर्नर (र्‍याक) एक, ५० हजार बराबरका खेलकुदका सामग्री, विद्युतको मिटर तथा तार, डिजे एक वटा जलेर खरानी भएको छ ।

    लाइब्रेरीका झण्डै दई लाख ५० हजार बराबरका पुस्तक, आगलागी भएको कोठाको झ्याल ढोका पनि जलेर काम नलाग्ने भएका छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार