Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • आलुको बोराभित्र हालेर साढे तीन लाख रुपैयाँ ल्याउने दुई जना पक्राउ

    आलुको बोराभित्र हालेर साढे तीन लाख रुपैयाँ ल्याउने दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असार २०७७
  • 3.6K
    SHARES

    वीरगञ्ज । सशस्त्र प्रहरी बलले ३ लाख ५३ हजार रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

    पर्साको छिपहरमाई गाउँपालिका–२ का ३३ वर्षीय जन्मजय यादव र २० वर्षीय रञ्जन बैठालाई एक हजार, पाँच सय, एक सय, ५०, २०, १० र ५ दरका नोट गरी कुल ३ लाख ५५ हजार सहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।



    आलुको बोरामा लुकाएर नेपाल भित्र्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।



    दुवै जनालाई बैङ्किङ तथा वित्तीय कसुर मुद्धाअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार