काठमाडौं । नेपालमा शुक्रबार थप ४८ जनाले कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्केका छन् । यो संगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या २ हजार ६ सय ९८ जना पुगेको छ ।
शुक्रबार धरानबाट मोरङका १ महिला र १९ जना पुरुष, सुन्सरीका १ महिला गरी जम्मा २१ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।
काठमाडौंको बलम्बुबाट सोलुखुम्बुका १ पुरुष, बाराका १ महिला, रौतहटका १ जना पुरुष गरी ३ जना डिस्चार्ज भएका छन् । पाटन अस्पतालबाट रामेछापका १ पुरुष, काठमाडौंका २ महिला गरी ३ जना हिस्चार्ज भएका छन् ।
महिला विकाश कार्यालय तम्घासबाटा गुल्मीका १ जना महिला र १२ जना पुरुष, महेन्द्र माध्यमिक विद्यालय तम्घासबाट गुल्मीका १ जना महिला र ३ जना पुरुष, जलेश्वर अस्पतालबाट महोत्तरीका १ महिला र २ जना पुरुष रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार शुक्रबार डिस्चार्ज भएका ४८ जना मध्ये ८ जना महिला र ४० जना पुरुष रहेका छन् ।
Leave a Reply