Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • देशभरका क्वारेन्टीन व्यवस्थित बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

    देशभरका क्वारेन्टीन व्यवस्थित बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असार २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । संसदीय समितिले क्वारेन्टीनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन सरकारलाई निर्देशन दिएको छ ।

    प्रतिनिधिसभाकाे महिला तथा सामाजिक समितिको शुक्रबार बसेको बैठकले क्वारेन्टीनहरुमा महिला हिंसाका घटनाहरु बढिरहेकोले व्यवस्थित र मर्यादित बसाईको व्यवस्था गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हो ।



    कोरोना रोकथाम तथा नियन्त्रणका लागि निर्माण भएका क्वारेन्टाइनहरु पूर्ण रुपमा महिला मैत्रि नभएकाले यौन हिंसाका घटनाहरु बढेको भन्दै समितिले मर्यादित र सुरक्षित क्वारेन्टीनको व्यवस्थापन गर्न मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले जानकारी दिईन।



    देशभरका क्वारेन्टीनहरु व्यवस्थित नभएको, गर्भवति महिलाहरुको पीसीआर परीक्षण समयमै नहुदा समस्या भएको सांसदहरुले बताएका थिए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार