Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • मालाको बिबादमा गुण्डा समुहबीच झडप हुँदा काभ्रेमा गोली चल्याे

    मालाको बिबादमा गुण्डा समुहबीच झडप हुँदा काभ्रेमा गोली चल्याे

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असार २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काभ्रेकाे रोशी गाउँपालिकामा गोली चलेकाे छ।

    बोधिचित्त लुटपाट भएको सूचना आएपछि गाउँमा पुगेको प्रहरीको हतियारधारी समूहसँग जम्काभेट भएको थियो । त्यसक्रममा गोली चलेको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।



    जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमार विक्रम थापाका अनुसार, बोधिचित्तको माला लुटपाट गर्न आएको समूहले बिहानै गोली चलाएको हो ।



    गाउँमा बोधिचित्त लुट्न आएको सूचना पाएपछि प्रहरीको टोली गाउँमा पुगेको थियो । प्रहरी र हतियारधारी समूहको जम्काभेट हुँदा गोली चलेको हो ।

    लुटेरा समूहले प्रहरीलाई कुटपिट समेत गरेको र बाटोमा बम राखेर भागेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार