Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • श्रीमानलाई रक्सी किन्न पठाई श्रीमतीमाथि साथीले गरे बलात्कार

    श्रीमानलाई रक्सी किन्न पठाई श्रीमतीमाथि साथीले गरे बलात्कार

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असार २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    काभ्रे । लकडाउनभित्र पनि महिला असुरक्षित भएका छन् । आफन्त तथा नजिकका चिनेका व्यक्तिहरूबाट महिला बलात्कृत भएका उजुरी प्रहरीमा परेका छन् । प्रहरीले उजुरीका आधारमा अपराधमा संलग्न भनिएका व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

    मण्डनदेउपुर नगरपालिका–१२ रामपुरस्थित आफ्नै घरमा पाहुना आएका श्रीमान्का साथीले २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेका छन् । लकडाउनमा पाहुना लाग्न गएका कान्छा पराजुलीले वैशाख १५ गते साँझको समयमा श्रीमान्लाई मादक पदार्थ किन्न पठाई श्रीमतीलाई जबरजस्ती करणी गरेका थिए ।



    कान्छाले केही दिन उनको घरमा डोको बुनिदिएका थिए । दुई दिन डोको बुनिसकेपछि वैशाख १५ गते उनका श्रीमान् र कान्छाले रक्सी खाने सल्लाह गरे । दुवैले रक्सी खाए । रक्सी खाँदै जाँदा थप्न मन लाग्यो तर रक्सी थिएन ।



    उनै कान्छाले महिलाको श्रीमान्लाई १ सय २० रुपियाँ दिएर रक्सी किन्न पठाए । श्रीमान्लाई रक्सी किन्न पठाएर श्रीमतीलाई कान्छाले जबरजस्ती गरेको महिलाको बयान छ । श्रीमतीलाई जबरजस्ती करणी गरेको श्रीमान्ले देखेलगत्तै कान्छा फरार भएका थिए ।

    उनीहरूको एक सन्तान छन् । डेड वर्षअघि मात्रै उनीहरूको विवाह भएको थियो । वैशाख १५ गतेको घटना लकडाउनका कारण प्रहरीकोमा दर्ता हुन सकेन । जेठ ५ गते लकडाउन खुल्छ भन्ने लागेर प्रहरीलाई नभनेको उनीहरूले बताए । प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ । अकवीर भन्ने कान्छा पराजुली प्रहरीको नियन्त्रणमा छन् । नेपाल समाचार

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार