Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भारतलाई फेरी त्रास, चिनियाँ सेनाद्वारा देपसाङ क्षेत्रमा पनि हस्तक्षेप

    भारतलाई फेरी त्रास, चिनियाँ सेनाद्वारा देपसाङ क्षेत्रमा पनि हस्तक्षेप

    अनलाइन नेपाल
  • बिहिबार, ११ असार २०७७
  • 5.5K
    SHARES

    एजेन्सी । भारत र चीनबीच पछिल्लो समय सीमा बिबाद मत्थर हुँदै गएको बेला पूर्वी लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेनाले सक्रियता देखाएको छ।

    पूर्वी लद्दाखको गलवान उपत्यकाका उपस्थिती वढाएपछि देपसाङ क्षेत्रमा पनि चिनियाँ सेनाले हस्तक्षेप बढाएको भारतले आरोप लगाएको छ।



    गत १५ जुनमा चिनियाँ सेनाको आक्रमणमा परि गलवान उपत्यकामा २० भारतीय सैनिकको ज्यान गएको थियो ।



    भारत र चीनबीच सीमा विवादलाई लिएर तीन चरणमा आर्मी तथा मंगलबार मात्र विदेश मन्त्री स्तरीय वार्ता भएको थियो। तर, विवाद सुल्झिनुको सट्टा झन् बढेर गएको छ। चीनले लद्दाखको चारैतर्फ आफ्नो उपस्थिति बढाउँदै लगिरहेको छ।

    भारतीय मिडियाहरुका अनुसार चीनले पूर्वी लद्दाखको दौलत बेग ओल्डी (डीबीओ) हवाई स्ट्रीपबाट ३० किलोमिटर र देपसाङबाट २१ किलोमिटर टाढा ठूलो संख्यामा सेना तैनाथ गरेको छ ।

    उक्त ईलाकामा  सैन्य क्याम्पमा चिनियाँ सेनाले गाडी तथा तोप पनि पु-याइसकेको दावी भारतको छ।

    चीनले पेट्रोलिङ प्वाइन्ट– १० र १३ को बीच भारतीय सेनालाई अफ्ठेरोमा पारेको आरोप लगाइएको छ। यो क्षेत्र काराकोरम क्षेत्र हुँदै पाकिस्तान छिर्ने बाटो पनि हो। चीनसँगको तनाव बढेपछि भारतले यो क्षेत्रमा गरिरहेको निर्माण कार्यलाई तत्कालका लागि रोकेको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार