Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • धरौटी तिर्न नसकेपछि नवराजकी प्रेमिकाकी आमा पनि कारागार चलान

    धरौटी तिर्न नसकेपछि नवराजकी प्रेमिकाकी आमा पनि कारागार चलान

    अनलाइन नेपाल
  • बिहिबार, ११ असार २०७७
  • 5.2K
    SHARES

    काठमाडौं । रुकुम पश्चिम घटनामा जेठ १० गते नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनाको धरौटी रकम तिर्न नसकेपछि नवराजकी प्रेमिका भनिएकी किशोरीकी आमालाई पनि जेल चलान गरिएको छ ।

    ती महिलालाई रुकुम जिल्ला अदालतले १ लाख रुपैयाँ धरौटी माग गरेर छोड्न आदेश दिएको थियो । थुनछेक बहसपछि रुकुम जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलले बुधबार उक्त आदेश दिएका थिए ।



    तर, उनले धरौटी रकम बुझाउन नसकेपछि अन्य २३ प्रतिवादीसँगै उनलाई पनि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालयका अनुसार बाँकी विषय अब कानून अनुसार हुने र महिलाको नाम कानून अनुसार अदालतले गोप्य राखेर नाम परिवर्तित ५४ रुकुम पश्चिम ३६ (२) राखेको छ ।

    सोही घटनाका प्रतिवादी तथा सोती गाउँका वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ अभियुक्तलाई भने पुर्पक्षका लागि कारागार चलान गर्न आदेश भइसकेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार