Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • राप्रपा भन्छ : अख्तियारले निजी क्षेत्रको छानबिन गर्न पाउने कानून बनाइनु हुदैन

    राप्रपा भन्छ : अख्तियारले निजी क्षेत्रको छानबिन गर्न पाउने कानून बनाइनु हुदैन

    अनलाइन नेपाल
  • बिहिबार, ११ असार २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अख्तियारले निजी क्षेत्रमा पनि छानबिन गर्न पाउने गरी कानून बनाउन नहुने बताएको छ ।

    राप्रपा तीनै जना अध्यक्ष पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले बिहिबार जारी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमा समेत छानबिन गर्न पाउने प्रावधान सहितको कानून नबनाउन आग्रह समेत गरेको छ ।



    संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘देशको अर्थव्यवस्थामाथि आएको यस संकटको घडीमा निजी क्षेत्रमाथि त्रासको वातावरण खडा गर्ने सरकारी प्रयास विवेकहीन र गलत छ । अतः यो प्रावधान अगाडि बढाउन नहुने राप्रपाको स्पष्ट धारणा छ ।’



    सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा संशोधन गर्न ल्याएको विधेयकमा निजी क्षेत्रमाथि पनि अख्तियारले छानबिन गर्न पाउने प्रावधान राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार