Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपा भन्छ : अख्तियारले निजी क्षेत्रको छानबिन गर्न पाउने कानून बनाइनु हुदैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अख्तियारले निजी क्षेत्रमा पनि छानबिन गर्न पाउने गरी कानून बनाउन नहुने बताएको छ ।

राप्रपा तीनै जना अध्यक्ष पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले बिहिबार जारी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमा समेत छानबिन गर्न पाउने प्रावधान सहितको कानून नबनाउन आग्रह समेत गरेको छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘देशको अर्थव्यवस्थामाथि आएको यस संकटको घडीमा निजी क्षेत्रमाथि त्रासको वातावरण खडा गर्ने सरकारी प्रयास विवेकहीन र गलत छ । अतः यो प्रावधान अगाडि बढाउन नहुने राप्रपाको स्पष्ट धारणा छ ।’

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा संशोधन गर्न ल्याएको विधेयकमा निजी क्षेत्रमाथि पनि अख्तियारले छानबिन गर्न पाउने प्रावधान राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077