Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • अब निजी सवारी साधनको अनुमति-पत्र लिनेले सार्वजनिक सवारी साधन चलाउन नपाउने

    अब निजी सवारी साधनको अनुमति-पत्र लिनेले सार्वजनिक सवारी साधन चलाउन नपाउने

    अनलाइन नेपाल
  • बिहिबार, ११ असार २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समितिले निजी सवारी साधनको लाइसेन्स बाहकलाई सार्वजनिक सवारी साधन चलाउन नपाउने मापदण्ड निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ ।

    समितिको बिहीबार बसेको बैठकले लाइसेन्स प्रणालीलाई व्यवस्थित गर्न निजी सवारी साधनको लाइसेन्स बाहकलाई सार्वजनिक सवारी साधन चलाउन नपाउने गरी फरक मापदण्ड तयार गरी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।



    साथै बैठकले कोभिड–१९ का सार्वजनिक यातायातमा भएको लगानी डुब्ने अवस्था आएकाले व्यवसायीको लगानीमा कर सहुलियत प्रदान गर्ने र बैंक ऋण्को व्याजमा पुनर्तालिकिकरण गर्ने तथा सवारी मर्मतका लागि सहुलियत दरमा पुर्नकर्जा प्रदान गर्ने व्यवस्था यथाशीघ्र मिलाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।



    त्यस्तै समितिले काठमाडौ उपत्यकासहित मुलुकका प्रमुख शहरहरुमा प्रवेश गर्ने सवारी साधनहरुले अत्याधिक धुलो थुपारेको भन्दै त्यस्ता सवारीसाधनलाई धुलोमुक्त पार्न काठमाडौं उपत्यका र प्रमुख शहरका प्रवेश नाकामा आवश्यकता अनुसार वासिङ सेन्टर स्थापना यसै आर्थिक वर्षमा प्रारम्भ गर्न निर्देशन पनि दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार