Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पाटन अस्पतालमा एक जनाको मृत्यु, काेराेनाबाट मृत्यु हुनेकाे संख्या २६ पुग्याे

    पाटन अस्पतालमा एक जनाको मृत्यु, काेराेनाबाट मृत्यु हुनेकाे संख्या २६ पुग्याे

    अनलाइन नेपाल
  • बिहिबार, ११ असार २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजेतिर मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।



    चितवन घर भई ललितपुरको महालक्ष्मीस्थानमा बस्दै आएका उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार