Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नागरिकतामा महिला र पुरूषबीच विभेदको रेखा कोर्न हुन्न: देउवा

    नागरिकतामा महिला र पुरूषबीच विभेदको रेखा कोर्न हुन्न: देउवा

    अनलाइन नेपाल
  • बिहिबार, ११ असार २०७७
  • 2.4K
    SHARES

    काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले महिला र पुरूषबीच विभेद हुने गरी कुनै पनि कार्य नगर्न सरकारलाइ अाग्रह गरेकाे छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बुधबार बसेको अनौपचारिक बैठकमा विभेद नहुने गरी नागरिकता ऐनमा व्यवस्था गर्न जाेड दिए। उनले नागरिकतामा महिला र पुरूषबीच विभेदको रेखा कोरे यसले नराम्राे असर पर्ने बताए।

    उक्त छलफलपछि सभापति देउवाले ट्वीट गर्दै महिलालाई दोस्रो दर्जाका नागरिक बनाउने गरी ल्याइएको नागरिकता विधेयकका प्रावधान संशोधन गरी लिंगका आधारमा विभेद गर्न नहुने व्यवस्था राख्नु पर्ने धारणा सार्वजनिक गरे।



    ‘संविधानले नै महिला र पुरूषबीच समानता सुनिश्चित गरेकोले छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय तथा समाजका लागि स्वीकार्य छैन, हुनु हुँदैन,’ देउवाले भनेका छन्,‘नेपाली पुरूष नागरिकसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता पाउने, तर नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरूषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन।’



    संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल हुँदा कांग्रेसले समानतालाई जोडबलका साथ उठाएको थिएन। बैठकबाट बहुमतले नागरिकता विधेयक पारित हुँदा फरक मत राखेको केही दिनपछि कांग्रेसले समानतालाई प्राथमिकता दिने गरी छलफल गरेको हो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार