Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • एमसीसी लागू गराउने अमेरिकी बिदेशमन्त्रीको नयाँ चाल

    एमसीसी लागू गराउने अमेरिकी बिदेशमन्त्रीको नयाँ चाल

    अनलाइन नेपाल
  • बिहिबार, ११ असार २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं। परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोबीच टेलिफोन वार्ता भएको छ। बुधबार दिउँसो मन्त्री ज्ञवालीले अमेरिकी सकमक्षी पोम्पियोसँग वार्ता गरेका हुन्।

    कुराकानीमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण उत्पन्न परिस्थिति र सहयोगको बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।



    मन्त्रालयका अनुसार दुई मन्त्रीले कोरोनाविरुद्धको लडाईमा गरिरहेको कामका बारेमा आफ्ना अनुभव पनि साटेका छन्। सँगै कोरोनका कारण ज्यान गुमाएका प्रति श्रद्धान्जली अर्पण गरेका छन्।



    अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुन नसक्दा यस विषयमा अमेरिकाले चाँसो बढाएको छ। एमसीसी अनुमोदन गर्ने समय सकिनै लाग्दा अमेरिकी विदेशमन्त्रीले नेपाली समकक्षीसँग कुराकानी गर्नुलाई महत्वका साथ हेरिएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार