Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ओली र प्रचण्डबीच शुरु भयो लडाईं, बैठकमै चर्काचर्की

    ओली र प्रचण्डबीच शुरु भयो लडाईं, बैठकमै चर्काचर्की

    अनलाइन नेपाल
  • बुधबार, १० असार २०७७
  • 3.8K
    SHARES

    काठमाडौं। सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टी प्रतिपक्षजस्तो हुँदा काम गर्न नसकिएको भन्दै गुनासो गरेका छन् ।

    बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने सरकारको कडा आलोचना गरेका थिए ।



    कोभिड १९ संकटका बेलामा सरकारले गरेका राम्रा काम पार्टीले बुझ्न नसकी सरकारलाई सबैतिरबाट असफल बनाउने प्रयास भइरहेको भन्दै ओलीले चिन्ता व्यक्त गरेका थिए। ।



    पछिल्ला दिन औषधि खरिद लगायतका विषयमा व्यापक अनियमितता भएको चर्चा चलिरहेका बेला सरकारले कुनै बदनाम हुने काम नगरेको उनले दाबी गरे।

    ओलीले सरकारको कामको बचाउ गरेपनि पार्टी सञ्चालनमा केही समस्या देखिएको भए सच्याएर अघि बढ्न तयार रहेको बताएका थिए । उनले पार्टी एकताबाट पछाडि फर्कने अवस्था नभएको बताए।

    अध्यक्ष प्रचण्डले पार्टीभित्र व्यक्तिवादी सोच हावी भएको बताए । उनले गत चुनावमा व्यक्तिलाई हेरेर जनताले मत नदिएको बताए ।

    अध्यक्ष प्रचण्डले पार्टी र सरकारको कामबाट जनतामा निराशा छाएको, कम्युनिस्ट सरकारको व्यवहार जनउत्तरदायी नभएकोले आत्मसमीक्षा गर्नुपर्ने धारणा राखेका थिए।

    प्रचण्डले सरकारले कार्यशैली नसुधारे पार्टी समाप्त हुने बताए।

    प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिबाट पछि हट्ने आफ्नो निर्णय गलत भएको समेत बताए।

    सरकार बदनाम भएको होइन भन्ने प्रधानमन्त्री ओलीलाई जवाफ दिंदै प्रचण्डले सरकारप्रति जनताले प्रश्न उठाएकाले यसको जवाफ दिनुपर्ने बताएका थिए ।

    असार १२ गते बस्ने स्थायी समितिको बैठकमा भने बिभिन्न एजेन्डागत रुपमा छलफल हुने  छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार