Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • पूर्वराजा ज्ञानेन्द्रको प्रश्नैप्रश्नको सन्देश : युवाहरु सडकमा किन आईरहनुपर्छ ?

    पूर्वराजा ज्ञानेन्द्रको प्रश्नैप्रश्नको सन्देश : युवाहरु सडकमा किन आईरहनुपर्छ ?

    अनलाइन नेपाल
  • बुधबार, १० असार २०७७
  • 2.7K
    SHARES

    फाइल : तस्विर

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोनाबाट संक्रमितको स्वास्थ्य लाभको कामना गर्दै महामारीका कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न आग्रह गरेका छन् ।

    बुधबार जारी गरेको सन्देशमा पूर्वराजा शाहले अहिले चुनौतीसँगै अवसर पनि आएको भन्दै विभिन्न कारणले स्वदेश फर्किएकाहरुलाई देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुपर्ने बताएका छन् ।



    सन्देशमा उनले थुप्रै प्रश्न उठाएका छन् । उनले भनेका छन्, हाम्रो देशभक्ति, स्वाधीन स्थिति एवं स्वाभिमानमाथि बारबारकिन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ रु जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ रु रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहित विरुद्धका सन्धि संझौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दा बल्दा र दुखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ ?



    भ्रष्टाचार, लापरवाही, पक्षपात जस्ता विषय पनि आइरहेको भन्दै उनले भनेका छन्, ‘यस्ता यावत विषयलाई लिएर हाम्रा होनहार युवाहरु, तमाम देशभक्त स्वतन्त्र नागरिकहरु सडक संघर्षमा किन उत्रिरहनु पर्ने अवस्था सिर्जना भइरहन्छ ? यो सोचनीय विषय भएको उनले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार