Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • वडाध्यक्ष र स्वास्थ्य स्वयंसेविकासहित ७६ जनामा कोरोना संक्रमण पुष्टि

    वडाध्यक्ष र स्वास्थ्य स्वयंसेविकासहित ७६ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, १० असार २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । बुधबार दाङका वडाध्यक्ष र महिला स्वास्थ्य स्वयंसेविकासहित ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    बंगलाचुली गाउँपालिकाका ४२ र घोराही उपमहानगरपालिकाका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।



    बंगलाचुली गाउँपालिकाका एकजना वडाध्यक्ष र एक जना महिला स्वास्थ्य स्वयंसेविकामा पनि कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जीसीले जानकारी दिए ।



    यस्तै बंगलाचुली गाउँपालिका वडा नम्बर–१ निवासी अर्की एक जना महिला स्वास्थ्य स्वयंसेविकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार