Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • पोखरा महानगरले ल्यायो ६ अर्ब १९ करोड ७१ लाखको बजेट

    पोखरा महानगरले ल्यायो ६ अर्ब १९ करोड ७१ लाखको बजेट

    अनलाइन नेपाल
  • बुधबार, १० असार २०७७
  • 2.1K
    SHARES

    पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

    पोखरा महानर उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरको नगरसभामा कुल बजेटमध्ये संघीय सरकारबाट प्राप्त गर्ने दुई अर्ब ५२ करोड ६० लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख रुपैयाँ गरी जम्मा अन्तरसरकारी वित्तीय हस्तान्तरण बापत २ अर्ब ६३ करोड १९ लाख ६६ हजार प्राप्त हुने महानगरको अनुमान सहितको बजेट सार्वजनिक गरेकी हुन् ।



    बजेटले भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । कुल बजेटमध्ये ६५ करोड ४४ लाख रुपैयाँ महानगरका सहरी र पहाडी क्षेत्रमा सडक सम्पन्न गर्न बजेट विनियोजन भएको छ ।



    चालु आर्थिक वर्षमा निर्माण सुरु गरिएका विभिन्न ७ वटा वडा कार्यालय भवन निर्माण पूरा गर्न ६ करोड ११ लाख विनियोजन गरेको उपप्रमुख गुरुङले बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार