Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नेकपा स्थायी कमिटी बैठक शुरु

    नेकपा स्थायी कमिटी बैठक शुरु

    अनलाइन नेपाल
  • बुधबार, १० असार २०७७
  • 3.1K
    SHARES

    काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । कोरोना महामारी र विभिन्न कारणवश स्थगन हुँदै आएको सो बैठकमा वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्तव्य र अन्य कार्यसूची तय गरिएको छ ।

    नेकपा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार सरकारको काम (कोभिड रोकथाम र उपचार तथा नेपालको सीमा समस्या समाधान र अन्य), पार्टी एकताका बाँकी काम, अमेरिकी मिलेनियम कर्पाेरेशन सहायता (एमसिसी) र विविध कार्यसूची तय गरिएको छ । एमसिसीलाई अनुमोदन गराउने विषयमा सो पार्टीभित्र विवाद देखिँदै आएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार