Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कहिले प्रकाशित हुनेछ एसईईको परिक्षाफल?

    कहिले प्रकाशित हुनेछ एसईईको परिक्षाफल?

    अनलाइन नेपाल
  • बुधबार, १० असार २०७७
  • 3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले साउनको दोस्रो सातासम्म परीक्षाफल प्रकाशित गर्ने गरी कार्यवधि तयार गरेको छ । कार्यविधिअनुसार सबै विद्यालयले यही असार २० सम्म विद्यार्थीको अन्तिम मूल्यांकन गरी शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने र एकाइले यही ३० गतेभित्र सबै अंक बोर्डमा पठाउने तयारी गरेको छ ।

    विद्यालयको मूल्यांकन समिति र एकाइले पठाएको नम्बर प्रविष्ट गरी सो नम्बरलाई अक्षराङ्क पद्धतिमा समाविष्ट गरी परीक्षाफल प्रकाशित गर्ने भएको छ ।बोर्डले बुधबार सबै विद्यालयल र एकाइलाई सोसम्बन्धी निर्देशन दिनेछ । परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षाको कार्यविधि तयार भएलगत्तै आज बुधबारबाट प्रक्रिया सुरु हुने जानकारी दिए ।



    साउनको तेस्रो ७ गतेबाट कक्षा ११ को नयाँ शैक्षिक सत्र सुरु हुने गरी परीक्षाफल प्रकाशित गर्ने तयारी भएको जानकारी गराउँदै परीक्षा नियन्त्रक खकुरेलले सोहीअनुसार तयारी गरेको बताए ।



    बोर्डले मंगलबार माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि पारित गरेलगत्तै आन्तरिक कार्यतालिका तयार गरेको हो । सोमबार बसेको बोर्डको बैठकले कार्यविधि पारित गरे पनि केही त्रुटि भएको कारण मंगलबार सार्वजनिक गरेको हो ।

    कोरोनाको महामारीका कारण एसईईको परीक्षा तोकिएको मितिमा सञ्चालन हुन नसकेको र महामारी कायम रहने अबधिसमेत अनिश्चित रहेको हुँदा विद्यार्थीको शैक्षिक सत्र समेतलाई मध्यनजर गरी शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा ४ट (१)मा उल्लिखितमध्ये कक्षा १० का विद्यार्थीको हकमा सम्बन्धित विद्यालयबाट गरिएको अन्तिम मूल्यांकनका आधारमा प्रमाणपत्र उपलब्ध गराउने उल्लेख गर्दै ऐनको दफा २० अनुसार बोर्डले कार्यविध तयार गरेको हो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार