Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • पाल्पा पहिरोमा मृत्यु हुनेको संख्या चार पुग्यो

    पाल्पा पहिरोमा मृत्यु हुनेको संख्या चार पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, ९ असार २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । सोमबार गएको पाल्पा पहिरोमा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

    मंगलबार दिउँसो पहिरोमा थप एक जनाको शव फेला परेसँगै मृत्यु हुनेको संख्या चार पुगेको हो । तानसेन नगरपालिका–११ सम्मोबारीमा सोमबार गएको पहिरोले दुई वटा गाडी बगाउँदा ३ जनाको मृत्यु भएको थियो ।



    मंगलबार मृत फेला परेका व्यक्ति झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिले बुद्धचोकका १८ वर्षीय कुमार तामाङ रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।



    यसअघि पाल्पाको रिब्दीकोट गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भुवन खाम्चा, काभ्रे पाँचखाल नगरपालिका–८ हुक्से बजारका २८ वर्षीय निवेश श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका २९ बांगेसालका ३३ वर्षीय वीरबहादुर गुरुङको शव भेटिएको थियो ।

    उनीहरु मध्ये दुईजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मिसन अस्पताल तानसेनमा मृत्यु भएको थियो । पाल्पा–गुल्मी सडकखण्डअन्तर्गत सम्मोबारीमा अविरल वर्षासँगैको पहिरोले लु २ ख १३७६ नम्बरको मिनी ट्रक र लु १ क १९२८ नम्बरको ट्यांकरलाई सोमबार बगाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार