काठमाडौं । कुवेतबाट नेपाल आएका सात जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार कोरोना संक्रमण पुष्टि ५३८ जना मध्ये १२ जना झापाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना पुष्टि भएका मध्ये सरकारले कुवेतबाट उद्दार गरी ल्याएका ७ जना महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाईंले जानकारी दिए ।
एक जना महिला भने भारतबाट झापामा आएकी थिईन । उनीहरु सबै जना आ–आफ्नो स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बस्दै आएका थिए ।
Leave a Reply