Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • मुख्य सचिव बन्न जुनियर र बदनाम सचिबको चलखेल

    मुख्य सचिव बन्न जुनियर र बदनाम सचिबको चलखेल

    अनलाइन नेपाल
  • मंगलबार, ९ असार २०७७
  • 4.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्थायी सरकार मानिने निजामती प्रशासनको नेतृत्व तीन महिनापछि परिवर्तन हुँदैछ । मुख्यसचिव लोकदर्शन रेग्मीको तीन वर्षे कार्यकाल कात्तिकको पहिलो साता सकिने भएपछि नयाँ मुख्यसचिवको खोजी सुरु भइसकेको छ ।

    मुख्यसचिव बढुवामा विभिन्न किसिमका चलखेलहरु बनेका छन् । मुख्यसचिवका लागि बरितयाका आधारमा चन्द्र घिमिरे पहिलो नम्बरमा छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली तथा उनको टिमसँग उनको निकटता छैन । त्यसकारण अबको मुख्यसचिवका लागि अन्य सचिवको सम्भावना रहेको चर्चा सिंहदरबारमा छ ।



    पर्यटन मन्त्रालयका सचिव केदार अधिकारी पनि मुख्यसचिवका सशक्त दाबेदार हुन् । तर, मुख्यसचिव रेग्मी भन्दा दुई साता अगाडि अथवा २२ असोजमा उनले सचिवको पाँच वर्षे सेवाहदका कारण अवकाश पाउनेछन् । मुख्यसचिवलाई केही हप्ताअघि राजिनामा दिन लगाएर नयाँ मुख्यसचिव चयनको सम्भावना पनि छ । मुख्यसचिवलाई राजिनामा गराउन लगाई राजदूत वा अन्य कुनै नियुक्ति दिने सम्भावना पनि रहेको बालुवाटार स्रोत बताउँछ ।



    मुख्यसचिवका अर्का आदेबार अर्थ सचिव शिशिर ढुंगाना हुन् । ढुंगाना २० माघ २०७३ मा सचिव भएका थिए । उनको प्रधानमन्त्री लगायत सत्तारुढ दलका नेताहरुसँग घनिष्ठ सम्बन्ध छ । प्रधानमन्त्री ओलीसँग निकटता भएका महेश्वर न्यौपाने पनि दौडधुपमा छन् ।

    तर उनी जुनियर सचिव हुन् । उनी २०७४ को साउनमा सचिव भएका हुन् । न्यौपाने आर्थिक अनुशासनमा कमजोर मानिन्छन् । एनसेल शेयर खरिद बिक्रीमा उनको संलग्नता देखिन्छ । त्यतिबेला उनी उद्योग विभागमा थिए । यामकुमारी खतिवडा पनि पहिलो महिला मुख्यसचिव बन्ने प्रयासमा छिन् । मुख्यसचिव बिशुद्ध प्रधानमन्त्रीको रोजाइको विषय भएकाले यसमा ओलीको एकल निर्णयबाट नियुक्तिको सम्भावना छ ।

    उता परराष्ट्र मन्त्रालयमा पनि सचिव बढुवाको चलखेल सुरु भइसकेको छ । सचिव शंकर बैरागीले असोजको अन्तिमबाट अवकाश पाउँदैछन् । अवकाशअघि अमेरिका तथा संयुक्त राष्ट्र संघको राजदूत नियुक्त हुने उनको सम्भावना छ । अमेरिकामा एक वर्षदेखि राजदूतको म्याद थप गरेर राखिएको छ । राष्ट्र संघका लागि राजदूत रहेका अमृत राईलाई मन्त्रालयमा फिर्ता बोलाएर उनलाई पठाउन सकिने सम्भावना बारे समेत छलफल भइरहेको स्रोत बताउँछ । सचिव पदमा बढुवाका लागि परराष्ट्रमा भरतराज पौड्याल, सेवा लम्साल र अमृत राई प्रतिस्पर्धामा छन् ।दृष्‍टि साप्ताहिक

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार