जनकपुरधाम । धनुषाका मेयर र वडाध्यक्षबीच हातपात भएको छ ।जनकपुरधाम उप महानगरपालिकाको योजना तर्जुमाको बैठकमा क्रममा मेयर लालकिशोर साह र वडाध्यक्ष दिपेन्द्र साह बीच हात हालाहाल भएको हो ।
मेयर र वडाध्यक्षबीचको हातहालाहालले बैठक हलका केही कुर्सी भाँचिएका छन् ।
छलफलको समय दिउँसो १ बजे तोकिएपनि बैठकमा मेयर लालकिशोर शाह २ घण्टा ढिलो आएर एक्कासी माइन्यूटमा हस्ताक्षर गर्न दबाब दिएपछि दुबै पक्षबीच विवाद भएको हो ।
बैठकमा मेयर लालकिशोर शाह, उपमेयर रीता झासहित २५ वटै वडाका वडाध्यक्ष सहभागी थिए ।
Leave a Reply