Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • जवानलाई पिपिई र मास्क छैन, प्रधानमन्त्रीलाई ५ करोडको गाडी किन्दै प्रहरी

    जवानलाई पिपिई र मास्क छैन, प्रधानमन्त्रीलाई ५ करोडको गाडी किन्दै प्रहरी

    अनलाइन नेपाल
  • मंगलबार, ९ असार २०७७
  • 4.8K
    SHARES

    फाइल : तस्बिर

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षाका लागि नेपाल प्रहरीले सर्भिलेन्स गाडीसहितको एलटिई -यापिड कम्युनिकेसन सिस्टम खरिद प्रक्रिया अघि बढाएको छ।

    नेपाल प्रहरीको बजेटबाट प्रधानमन्त्रीको सुरक्षाका लागि सर्भिलेन्स गाडीसहितको उपकरण खरिद गर्न लागिएको हो। प्रहरीलाई तत्काल आवश्यक नभएको सो उपकरण खरिदमा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली आफैंले चासो दिएर चाँडै खरिद गर्न निर्देशन दिइसकेका छन्। कोरोना कहरबीच प्रहरी जनशक्ति सुरक्षा उपकरणबिनै फिल्डमा खटिरहेको अवस्थामा ५ करोड खर्चेर उपकरण खरिद गर्न चिनियाँ कम्पनी हुवावेको नेपाल प्रतिनिधि हनी इन्टरप्राइजेज र मोबिलिटी प्रालिलाई छनोट गरिएको छ।



    सो उपकरणले प्रधानमन्त्रीको सवारीका बेला सर्भिलेन्स गर्नेछ। प्रधानमन्त्रीमाथि आक्रमण भए वा अन्य विपत्ति आइलागे सुरक्षा निकायलाई तुरुन्तै भिडियो रिपोर्ट दिने भएकाले प्रधानमन्त्रीका आइटी विज्ञको सल्लाहमा उपकरण खरिद अन्तिम चरणमान पु-याइएको हो। त्यसका लागि नेपाल प्रहरीको सूचना तथा प्रविधि निर्देशनालयले फागुन १९ मा बोलपत्र आह्वान गरेको थियो।



    त्यतिबेला कोरोना महामारी फैलिएपछि आपूर्ति गर्ने कम्पनीसँग पूर्वतयारी बैठक (प्रि–बिडिङ) बस्न सकेको थिएन। प्रहरीले प्रि–बिडिङ बैठक १८ चैतमा बोलाएको भए पनि त्यति बेला प्रक्रिया रोकिएको थियो। त्यसपछि २० वैशाख र २१ जेठ हुँदै तीन पटक रोकेर २७ जेठमा बैठक राखी ३ असारमा दुईवटा कम्पनी छनोट गरिएको हो। कोरोना कहरबीच प्रहरी जनशक्ति सुरक्षा उपकरणबिनै फिल्डमा खटिरहेको अवस्थामा नेपाल प्रहरीकै ५ करोड खर्चेर प्रधानमन्त्रीका लागि सुरक्षा उपकरणसहितको गाडी खरिद प्रक्रिया अन्तिममा पु-याइएको छ।

    यसअघि चीन सरकारले सन् २०१५ मा नेपाल सरकारलाई सो उपकरण निःशुल्क उपहार दिएको थियो। टेलिकमको स्टोर शाखामा रहेको उपकरणलाई नेपाल प्रहरीले ल्याएर राखेको छ। ‘सर्भिलेन्ससहितको सो कम्युनिकेसन सिस्टम अहिले नेपाल प्रहरीलाई आवश्यक छैन। यसबारेमा जानकारी लिनुप-यो भने पनि प्रधानमन्त्रीका आइटी विज्ञ अस्गर अलीलाई सोध्नुपर्छ’, नेपाल प्रहरीका एक अधिकृतले भने।

    उनका अनुसार उक्त उपकरण नेपाल भ्रमणमा आएका भिआइपीको सुरक्षाका लागि नेपाल प्रहरीले प्रयोग गरेको थियो, अहिले भने त्यत्तिकै थन्किएको छ। यतिबेला फेरि नयाँ उपकरण खरिद गर्न प्रक्रिया अघि बढाइएको छ। ‘फिल्डमा खटिने प्रहरी कर्मचारीलाई पिपिई, पन्जा, मास्कलगायतका सामान खरिदमा बजेट अभाव देखाएको प्रहरीले ५ करोडको उपकरण तत्काल कुन प्रयोजनका लागि हो भन्ने नखुलाई खरिदको अन्तिम तयारी गरेको छ। यसमा प्रहरी महानिरीक्षक नै लाग्नुभएको छ’, एक प्रहरी अधिकारीले भने।

    सो उपकरणबारे प्रहरी अधिकृतहरुलाई सामान्य जानकारी पनि नभएपछि बोलपत्र आह्वान गर्दा मापदण्ड निर्धारणसमेत प्रधानमन्त्रीका आइटी सल्लाहकार अलीले गरिदिएको स्रोतले बतायो। गाडीमा जडित एलटिई -यापिड कम्युनिकेसन सिस्टमले सवार व्यक्तिका गतिविधिको भिडियो रेकर्ड गर्नेछ। सुरक्षा थ्रेट मानिएका विश्वका थोरैमात्रै राष्ट्रप्रमुखको सुरक्षाका लागि यस्तो उपकरणजडित सर्भिलेन्स गाडी प्रयोग गरिन्छ। चिनियाँ राष्ट्रपति सी चिनफिङ भ्रमणमा आएका बखत सो उपकरण प्रयोग गरिएको थियो,नागरिक दैनिकमा टपेन्द्र कार्कीले समाचार लेखेका छन् ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार