Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • ‘जुम मिटिङ’मा नरेन्द्र मोदीको नामबाट प्ले भएको थियो पोर्न भिडियो

    ‘जुम मिटिङ’मा नरेन्द्र मोदीको नामबाट प्ले भएको थियो पोर्न भिडियो

    अनलाइन नेपाल
  • मंगलबार, ९ असार २०७७
  • 4.6K
    SHARES

    काठमाडौं। सोमबार दिउँसो १ बजे नेपाल पर्यटन बोर्डले ‘जुम एप’ भर्चुअल बैठक राखेको थियो। कोरोना भाइरसले थलिएको पर्यटनलाई कसरी उकास्ने भन्‍ने विषयमा छलफल थियो। जसमा देशभरबाट २ सय ५९ जना पर्यटन व्यवसायी, उद्यमी र संचारकर्मी सहभागी थिए।

    जुम मिटिङमा पर्यटनमन्‍त्रीले बोल्दै गर्दा पाेर्न भिडियो खुलेपछि…
    पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मी, वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, पर्यटन बोर्ड सञ्चालक समिति सदस्य दीपक महत, पर्यटन व्यवसायी कर्ण शाक्य, पर्यटन सचिव केदारबहादुर अधिकारीले आफ्नो भनाई राखे।



    अन्तिममा बोल्ने पालो थियो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको। मन्त्री भट्टराई बोलेको करिब ५ मिनेटसम्म अवस्था सामान्य नै थियो। सबै एकनासले मन्त्री भट्टराईको भाषण सुनिरहेका थिए तर एक्कासी करिब १ मिनेट पोर्न भिडियो बज्यो, सबै अचम्मित भए।



    मन्त्रीबाहेक अन्यको माइक्रोफोन म्युट गरिएको थियो। पोर्न भिडियो प्‍ले भएपछि मन्त्री भट्टराई के बोल्ने के नबोल्ने अलमलमा परे, उनी भाषण गर्दागर्दै केही समय रोकिए र करिब २ मिनेटपछि जुम बन्द गरियो। त्यसपछि सहभागीहरु अचम्मित गर्दै मिटिङ ‘लिभ’ गरेका थिए।

    उक्त पोर्न भिडियो ‘नरेन्द्र मोदी, मनमोहनसिंह र हरिश’ नामबाट प्ले भएको बताइएको छ। बैठक सुरु हुने बेलादेखि नै ह्याकरले समस्या गरिरहेको बताइएको छ। मन्त्रालयले सो घट्नाबारे छानविन गर्न समिति गठन गरेको जनाएको छ। बैठक बन्द गरेर वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा मन्त्रीइ भट्टराईलाई भेट्न मन्त्रालय पुगेकी थिइन्।

    उक्त जुम मिटिङमा देशभरका २ सय ५९ जना पर्यटन व्यवसायी, उद्यमी र सञ्चारकर्मी सहभागी थिए। -अन्नपुर्ण पाेष्टबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार