Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • निजी बोर्डिङ स्कुलहरूलाई विद्यार्थीबाट अबैध रकम नलिन शिक्षा मन्त्रालयको निर्देशन

    निजी बोर्डिङ स्कुलहरूलाई विद्यार्थीबाट अबैध रकम नलिन शिक्षा मन्त्रालयको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, ८ असार २०७७
  • 4.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं। निजी विद्यालयहरूको संगठन प्याब्सन र एनप्याब्सनले संकटका वेला सरकारी निर्णयविपरीत शुल्क उठाउन नपाउने भएका छन्।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण संस्था सञ्चालन नभएको अवधिको शुल्क नलिन निजी विद्यालयहरुलाई आज निर्देशन दिएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरेर प्याब्सन, एनप्याब्सनलाई शुल्क नलिन  प्याब्सन, एनप्याब्सनलाई निर्देशन दिएका हुन् ।



    प्याब्सन र एनप्याब्सनले गत वर्षको बाँकी र शैक्षिक सत्र २०७७ को शुल्क बुझाउन अपिल गरेपछि चौतर्फी बिरोध भएको थियो।



     

    जसको बारेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु र नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले कोरोना महामारीको बेला विद्यार्थीसँग शुल्क नउठाउन निजी विद्यालय सञ्चालकहरूलाई कारवाहीको चेतावनी दिएका थिए ।

    विद्यार्थी र अभिभावकले पनि असन्तुष्टि जनाएका थिए । चैतदेखि शिक्षण संस्था बन्द छन् । निजी विद्यालय सञ्चालकहरुले लकडाउनको अवधिमा सरकारले कुनै राहत नदिएको भन्दै शुल्क उठाउनु परेको तर्क दिने गरेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार