Online Nepal
  • बुधबार, १० पुष २०८१
  • कोरोनाबारे स्वास्थ्य मन्त्रालयले नै दिन्छ गलत सूचना

    कोरोनाबारे स्वास्थ्य मन्त्रालयले नै दिन्छ गलत सूचना

    अनलाइन नेपाल
  • सोमबार, ८ असार २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) तथ्यांक गलत नहोस् भन्दै मन्त्रालयले दिने आधिकारीक सूचना अनुसार नै समाचार सम्प्रेषण गर्न आग्रह गर्दै आएको छ ।

    मन्त्रालयले प्रत्येक दिन कोरोना भाइरसको पछिल्लो अपडेटको बारेमा जानकारी दिन आयोजना गर्ने प्रेस व्रिफिङका क्रममा पनि गलत सूचना प्रवाह हुनसक्ने भन्दै मन्त्रालयकै जानकारीलाई आधार बनाई सूचना प्रवाह गर्न आम सञ्चारमाध्यमहरुलाई आग्रह गर्दै आएको छ ।



    तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै गलत सूचना प्रवाह गरिरहँदा भने सम्बन्धित निकायहरु मौन छन् ।



    हुन त यसअघि पनि मन्त्रालयले पटक–पटक गलत सूचना जारी गरेको थियो । कहिलेकँहि आफ्नो गलत स्वीकारेर सच्याए पनि कहिले कहिं भने मन्त्रालयले वास्ता नै गरेको थिएन ।

    आज पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गलत सूचना प्रवाह गर्यो । तर, अहिलेसम्म पनि त्यसलाई सच्याएको छैन ।

    आजको नियमित प्रेस व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या ७ हजार ७८९ रहेको उल्लेख गरेका थिए ।

    उनको यो जानकारीलाई मान्ने हो भने हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ९५४ हुनु पर्ने हो । तर, आजै उनले सोही प्रेस व्रिफिङमा नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ हजार ५६१ रहेको बताए ।

    गौतमले बताए अनुसार आइसोलेसनमा रहेको संख्या ७७८९, आज सम्म डिस्चार्ज भएकाको संख्या २१४२ र मृत्यु भएकाको संख्या २३ जना जोड्दा ९ हजार ९ सय ५४ जना हुन्छ ।

    तर, अन्तिममा उनले हालसम्मको कोरोना संक्रमितको संख्या पछिल्लो २४ घण्टामा बढेका ५३५ सहित ९ हजार ५६१ रहेको बताएका छन् । दुबै तथ्यांकलाई मिलाउने हो भने ३ सय ९३ जनाको विवरण मिल्दैन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पछि सञ्चालनमा ल्याएको https://covid19.mohp.gov.np वेभसाइटमा भने आइसोलेसनमा रहेका ७ हजार ३९०, निको भएका २१४८ र मृत्यु भएकाको संख्या २३ उल्लेख गरेर जम्मा संक्रमितको संख्या ९ हजार ५ सय ६१ नै उल्लेख गरिएको छ ।

    डा. गौतमले प्रेस व्रिफिङका क्रममा डिस्चाज भएको संख्या २ हजार १ सय ४२ बताउँदा पनि जम्मा संक्रमितको संख्या ९ हजार ५ सय ६१ नै हुने अनि वेभसाइटमा डिस्चार्ज भएकाको संख्या २ हजार १ सय ४८ उल्लेख गर्दा पनि जम्मा संक्रमितको संख्या संख्या ९ हजार ५ सय ६१ नै हुन्छ ?

    अब यहाँ उनैको भनाईलाई आधार मान्ने हो भने आइसोलेसनमा रहेकाको संख्या ७७८९, डिस्चार्ज भएका २१४२ र मृत्यु भएकाका २३ गरी जम्मा संक्रमितको संख्या ९ हजार ९ सय ५४ नै हुन आउँछ । तर, उनले प्रेस व्रिफिङका क्रममा जम्मा संक्रमितको संख्या संख्या ९ हजार ५ सय ६१ नै रहेको बताएका थिए भने वेभसाइटमा त्यति नै संख्या उल्लेख गरिएको छ ।

    दुई जनाकाे तथ्यांक खै ?

    अर्को महत्वपूर्ण कुरा त के छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आत्महत्या गरेका २ जना कोरोना संक्रमितको तथ्यांक काही पनि उल्लेख गरेको छैन ।

    यस अघि अर्घाखाँचीको शितगंगा नगरपालिका–५ का देबबहादुर विकले क्वारेन्टिनमै रहेका बेला असार २ गते मंगलबार राति रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । विकको जेठ २४ गते आरडीटी पोजेटिभ आएपछि २५ गते पीसीआर परीक्षणका लागि स्वाबको नमुना संकलन गरेर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो ।

    ११ दिनपछि उनको रिपोर्ट पोजेटिभ आएको हो । उनी भारतको पञ्जाबबाट आएका थिए । भारतबाट आएर क्वारेन्टिनमा बसेको २५ दिन भइसकेको थियो ।

    त्यस्तै घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका–८ सुर्खेतकी २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको थियो । भारतबाट फर्केर क्वारेन्टिनमा बसेको र आरडीटीको नतिजा नेगेटिभ आएपछि घर फर्केकी उनले असार १ गते सोमबार झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार