Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अनेरास्ववियु र नेविसंघद्वारा निजी बोर्डिङ स्कुलहरूलाई कारवाहीको चेतावनी

    अनेरास्ववियु र नेविसंघद्वारा निजी बोर्डिङ स्कुलहरूलाई कारवाहीको चेतावनी

    अनलाइन नेपाल
  • सोमबार, ८ असार २०७७
  • 6.1K
    SHARES

    काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु र नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले कोरोना महामारीको बेला विद्यार्थीसँग शुल्क नउठाउन निजी विद्यालय सञ्चालकहरूलाई कारवाहीको चेतावनी दिएएका छन् ।

    निजी विद्यालयहरूको संगठन प्याब्सन र एन प्याब्सनले संकटका वेला सरकारी निर्णयविपरीत शुल्क उठाउन गरेको आह्वानको विरोध गर्दै अनेरास्ववियुले तत्काल फिर्ता लिन चेतावनी दिएको छ ।



    अनेरास्ववियु संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले  विज्ञप्ति जारी गर्दै विद्यालय बन्द रहेका वेला सञ्चालकहरूले जारी गरेको अपिललाई अवज्ञा गर्न अभिभावक र विद्यार्थीलाई आह्वान गरेका छन्।



    कोरोना कहरको त्रासदी, अभिभावकको विकाराल अवस्था र विद्यार्थीहरूको तनावपूर्ण मनोविज्ञानलाई पूर्ण रूपमा उपेक्षा गरी विद्यालय बन्द रहेको वेला जारी गरिएको यो अपिललाई अवज्ञा गर्न अनेरास्ववियु आमअभिभावक र विद्यार्थीलाई आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसप्रकारको असान्दर्भिक र अव्यावहारिक निर्णय तत्काल फिर्ता लिन र लकडाउन अवधि जारी रहँदासम्म कुनै पनि शीर्षकमा शुल्क नअसुल्नसमेत चेतावनी दिन चाहन्छ ।’

    त्यस्तै नेपाल विद्यारी संघले पनि प्याव्सन र एनप्याव्सनले विद्यार्थीबाट शूल्क उठाउन गरेको सर्कुलर रोक्न सरकारसँग माग गरेको छ।

    नेविसंघले आज विज्ञप्ती जारी गरी विद्यार्थीलाई विद्यालय नै नखोली अनलाईन पढाएको वाहनामा उठाउन खोजेको शूल्क रोक्न सरकारको ध्यानाकर्ण गरेको हो। नेविसंघले सरकारका तर्फबाट शिक्षामन्त्रीले गत बैसाख २२ मा गरेको निर्णय स्मरणा गराउँदै त्यसलाई पलाना गराउन ध्यानाकर्ण गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार