Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • संसदीय समितिबाट दीपक मनाङेले दिए राजीनामा

    संसदीय समितिबाट दीपक मनाङेले दिए राजीनामा

    अनलाइन नेपाल
  • सोमबार, ८ असार २०७७
  • 1.9K
    SHARES

    पोखरा । राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेश सभाको संसदीय समितिबाट राजीनामा गरेका छन् । समितिमा बस्नुको औचित्य नदेखेका कारण राजीनामा दिएको गुरुङले बताएका छन् । उनले अर्थ तथा विकास समिति सभापति दीपक कोइरालालाई राजीनामा बुझाएका हुन् । गुरुङले शुक्रबार राजीनामा दिएका हुन् ।

    खेलकुद, क्रसर र ठेक्कापट्टा लगायतमा व्यापक भ्रष्टाचार हुने गरेको तर आफू बसेको समितिले केही गर्ने अधिकार नभएको भन्दै राजीनामा गरेको गुरुङले बताए । ठेक्कापट्टामा सरकारी कर्मचारीहरुको मिलेमतो हुने गरेको गुरुङको भनाइ छ ।



    मनाङको प्रदेश सभा ख बाट निर्वाचित राजीव गुरुङ स्वतन्त्र उम्मेदवार थिए । उनलाई चुनावमा तत्कालीन एमालेले समर्थन गरेको थियो । सांसदमा निर्वाचित भएपछि पनि लामो समय उनले सपथ लिन पाएका थिएनन् । सर्वाेच्च अदालतमै विचाराधीन ज्यानसम्बन्धी पुरानो मुद्दाकै सिलसिलामा ७५ साल वैशाख ६ गते पक्राउ परेपछि उनलाई सपथको मौका मिलेको थिएन । सोही वर्षको पुस ६ गते रिहा भएपछि भने उनले माघ १४ गते सपथ लिएका थिए । २०७६ सालको असार १९ गते राजीव नेकपा प्रवेश गरेका थिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार