Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • थप ५३५ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या साढे ९ हजार नाघ्याे

    थप ५३५ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या साढे ९ हजार नाघ्याे

    अनलाइन नेपाल
  • सोमबार, ८ असार २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । नेपालमा थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ५३५ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।



    आज थपिएका ५३५ सहित नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा थप ३७० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या २१४२ पुगेको छ।



    कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ।

    प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। अब नेपालमा रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिन बाँकी छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार