Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • बास्काेटाले बन्द गराएका पाेर्न साइट जुम मिटिङमा कसरी चल्याे?

    बास्काेटाले बन्द गराएका पाेर्न साइट जुम मिटिङमा कसरी चल्याे?

    अनलाइन नेपाल
  • सोमबार, ८ असार २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार आयोजना गरेको भर्चुअल बैठकमा अचानक स्थगित भएको छ। प्रविधिकाे प्रयाेग गरी ‘जुम एप’ मार्फत भर्चुअल बैठकमा अचानक पोर्न भिडियो खुलेपछि कार्यक्रम स्थगित भएको स्राेतले बतनाएकाे छ।

    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । जब सार्वजनिक भर्चुअल कार्यक्रममा मन्त्री बोल्न सुरु गरे, त्यसपछि एक्कसी पोर्न भिडियो बज्न थाल्यो ।



    पर्यटनसँग सम्बन्धी सुरक्षा निर्देशिका सार्वजनिक गर्न दिउँसो १ बजे ‘जुम एप’ भर्चुअल बैठक आयोजना गरिएको थियो। मन्त्री बोल्न सुरु गरेको एकछिनमै अश्लिल भिडियोहरु भटाभट देखिन थालेका थिए। त्यसपछि सहभागीहरु अचम्मित गर्दै मिटिङ ‘लिभ’ गरेका थिए।



    उक्त जुम मिटिङमा देशभरका २ सयजना बढी पर्यटन व्यवसायी, उद्यमी र संचारकर्मी सहभागी थिए। अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट यस्तो घटना भएको बताइएको छ। पर्यटन मन्त्री भट्टराईले नेपालमा पर्यटन व्यवसायी समस्यामा रहेको, मजदुरले रोजीरोटी गुमाएको सन्दर्भ सुनाउँदा सुनाउँदै वेबिनारमा पोर्न भिडियो देखिएको थियो ।

    बोर्डका एक अधिकारीले कसैले ह्‍याक गरेर यस्तो दृश्यहरु देखाइएको हुनसक्‍ने बताउँदै यसबारेमा छानबिन भइरहेको जानकारी दिए।

    यस्ता बैठकमा पछिल्ला समयमा ह्याकरहरूले अनधिकृत रुपमा ‘एक्सेस’ गरेर अश्लील भिडियो बजाइदिने पनि गरेका छन् । नेपालमा पनि यसको प्रयोग बढ्दै गर्दा यस्ता समस्या बढ्दै गएको छ। सुरक्षाका विषयलाई लिएर यो एपमाथि प्रश्न उठ्ने गरेको छ।

    भारत सरकारले त यो एप सुरक्षित नभएको भन्दै प्रयोगसम्बन्धी निर्देशिका नै जारी गरेको छ । यसअघि पनि धेरैपटक जुम एप बैठकमा गोपनीयताबारे प्रश्न उठेको थियो ।

    सिटिजन ल्याबले जुम एपमा धेरै कमजोरीहरू औंल्याएको छ । उसका अनुसार जुम बैठक प्रयोग गर्दा संवेदनशील जानकारीहरू सार्वजनिक गर्नु सुरक्षित मानिँदैन ।

    मिटिङको आईडी र पासवर्ड विभिन्न तरिकाबाट सेयर हुँदा त्यसको अनधिकृत रुपमा चोरी गरेर ह्याकरहरूले यस्ता अश्लील भिडियोहरू बजाउने गरेका छन् । स्मरण रहाेस निवर्तमान सूचना तथा सञ्चार मन्त्री गाेकुल बस्काेटाकाे पालामा नेपाल भरि नखुल्ने गरी पाेर्न साइटहरू बन्द गराइएकाे थियाे।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार