Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • आइजीपीले बिर्सिए आँफैले अनुसन्धान गरेको निर्मला प्रकरण, अंगुर जिसीले कहिले न्याय पाउँछन् ?

    आइजीपीले बिर्सिए आँफैले अनुसन्धान गरेको निर्मला प्रकरण, अंगुर जिसीले कहिले न्याय पाउँछन् ?

    अनलाइन नेपाल
  • सोमबार, ८ असार २०७७
  • 5.9K
    SHARES

    काठमाडौं। नेपाल प्रहरीको २७ ‌औं प्रहरी महानिरिक्षक (आइजीपी) बनेपछि ठाकुर ज्ञवालीले बिभिन्न अनलाइन र पत्रपत्रिकाहरुमा अन्तर्वाता दिंदै भनेका थिए,’निर्मला हत्या अनुसन्धान मेरै कार्यकालमा टुंगिने विश्वास छ।’  कंचनपुर भीमदत्त नगरपालिका–२, उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो । उक्त हत्याका अभियुक्त अहिलेसम्म पनि पक्राउ परेका छैनन् ।

     अन्तर्वाताका क्रममा आइजीपी ज्ञवालीले अनुसन्धान सकिने आधारहरु समेत खुलाउँदै भनेका थिए,’ यसभन्दा पहिलेको केही कुरामा परिवर्तन भएको छ। डिएनए टेस्टका कुराहरु थिए। अब डिएनए टेस्ट एक किसिमले रुल आउट भएको अवस्था छ। दोस्रो कुरा अनुसन्धान गर्ने अधिकृतहरुले सही किसिमले अनुसन्धान गरेनन् भनेर एक किसिमको प्रतिवेदन र त्यो प्रतिवेदनको आधारमा कारबाही भएको अवस्था पनि छ । तर पछि बुझ्दै जाँदा उनीहरुले अनुसन्धान त सही किसिमले गरेकै रहेछन्। सही ट्रयाकमै रहेछ भनेर त्यो प्रतिवेदनलाई वस्तुगत आधारमा सच्याएको अवस्थाहरु पनि छ। यही आधारमा पाँच महिनामा यो टुंगिन्छ भन्ने विश्वास छ।’



    ज्ञवालीले अगामी २४ असारमा अवकाश पाउँदै छन् । ज्ञवालीले  निर्मला प्रकरणमा अनुसन्धान गर्ने मौका पनि पाएका थिए । केन्द्रीय अनुसन्धान ब्युरोबाट डिएसपी अंगुर जिसीको नेतृत्वमा भएको अनुसन्धानपछि कंचनपुर पुग्ने पहिला तत्कालिन एसएसपी ज्ञवाली नै थिए । उनलाई घटनाबारे राम्रोसँग ज्ञान छ ।



    २०७५ भदौ १६ गते डिएसपी कमल थापा (हालका एसपी) सहित उनी कंचनपुर पुगेका थिए। निर्मला प्रकरणमा अभियुक्त भनिएका दिलीपसिंह  विष्टलाई भेटेर घटनाक्रमको जानकारीसमेत लिएका थिए।

    ज्ञवाली त्यतिखेर घटनामा विष्टको संलग्नता भएको आधार लिएर काठमाडौं फर्किएका थिए । तर, विष्टको डिएनए नमिलेपछि उनी चुपचाप नै रहे। निर्मला प्रकरण अनुसन्धानमा अब्बल मानिने डिएसपी अंगुर जिसी बलिको बोका बनेर कारवाहीमा परी आजसम्म न्याय पाउन नसकेको पनि आइजीपी ज्ञवालीलाई जानकारी छ।

    तर, आफ्नो कार्यकालमा आइजीपी ज्ञवालीले निर्मला पन्तलाई न्याय दिनतर्फ त लागेनन् नै, आफ्नै अगाडि फसाइएको देखेका डिएसपी अंगुर जिसीको हकमा समेत एक शब्द कतै पनि उच्चारण नगरेको प्रहरी अधिकारी बताउँछन्।

    मेरै कार्यकालमा निर्मला हत्या अनुसन्धान टुंगिने वताएका  आइजीपी ज्ञवाली अहिले भने कार्यकल सकिन लाग्यो किन अब जोखिम मोल्ने भन्दै निर्मला पन्तको नाम समेत उच्चाहरण गर्न नचाहेको ती प्रहरी अधिकारी उल्लेख गर्छन्।

    पन्त हत्याबारे सरकारले गठन गरेको तत्कालिन एआइजी धिरु बस्नेतको छानविन समितिले गलत प्रतिबेदन दिएको भन्दै डिआईजी सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिले नयाँ प्रतिवेदन दिँदै पन्त हत्यामा दिलीपसिंह विष्ट नै दोषी रहेको निष्कर्ष निकालेको थियो।

    तर, त्यसलाई कार्यन्वयन गर्नेतर्फ र अन्य कोणबाट भएपपनि दोशी पत्ता लगाउन आइजीपी ज्ञवालीले कुनै चासो नै राखेनन्।

    जिसी नेतृत्वको समितिले विष्ट नै दोषी किटान गरेको थियो। तर, बस्नेत प्रतिवेदनले सो प्रतिवेदन उल्टाएपछि अनुसन्धानमा अब्बल मानिने जिसी निलम्बनमा परेका थिए।

    सर्वेन्द्र खनाल आईजीपी छंदा निर्मला पन्त बलात्कार हत्यामा नयाँ प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिए पनि अहिलेसम्म उक्त प्रतिवेदन के गर्ने भन्ने बिषयमा आइजीपी ज्ञवाली नै अन्योलमा परेको देखिन्छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार