Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • नागरिकता विधेयकप्रति पू्र्वमन्त्री मातृका यादवको विरोध

    नागरिकता विधेयकप्रति पू्र्वमन्त्री मातृका यादवको विरोध

    अनलाइन नेपाल
  • सोमबार, ८ असार २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता मातृका यादवले नेपाली पुरुषासँग विवाहपछि विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने पार्टीको निर्णयको विरोध गरेका छन्।

    विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने पार्टी सचिवालय समितिको निर्णयको आइतबार विज्ञप्ति सार्वजनिक गर्दै यादवले विरोध जनाएका हुन्। आइतबार नै बसेको संसदको राज्य व्यवस्था समितिले नागरिकतासम्बन्धी विधेयक बहुमतले पारित गरिसकेको छ। उनले यो निर्णय जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनको भावना विपरीत भएको दाबी गरेका छन्।



    ‘नेपाल सरकारद्वारा संघीय संसदमा दर्ता गराएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने विधेयकबारे हाम्रो पार्टी नेकपाको सचिवालयले नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी महिलाले ७ र्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता पाउने मिति २०७७/३/६ मा गरेको निर्णय र सोही अनुरुप संसदको राज्यव्यवस्था तथा सुशासन समितिले अुमोदन गर्नुले महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलन तथा मधेश आन्दोलनको भावना र मर्म विपरित रहेकोले उक्त निर्णयमा मेरो विरोध रहेको छ’, नेकपा स्थायी समिति सदस्य रहेका यादवले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।



    सँगै उनले उक्त प्रावधानले नेपाली बुहारीलाई राज्यबिहीन बनाउने बताएका छन्। उनले यो निर्णय मधेसी समुदायको मात्र नभई महिलाकै विकास विरुद्ध भएको उल्लेख गरेका छन्।

    ‘सिमानामा बस्ने नेपालीले भारतीयसँग व्यापक रुपमा वैवाहिक सम्बन्ध गाँस्ने गरेकाले उक्त ७ वर्षे प्रावधानले नेपाली बुहारीलाई ७ वर्षसम्म राज्यबिहीन बनाउँदै राजनीतिक, आर्थिक र सांस्कृतिक शोषण गर्ने र मानसिक प्रताडना दिने देखिन्छ।’नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहले पनि पार्टी सचिवालयको निर्णयप्रति विरोध जनाएका छन्। अन्नपुर्ण पाेष्ट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार