Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • बनेपाबाट ६ जुवाडे पक्राउ

    बनेपाबाट ६ जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ८ असार २०७७
  • 2.6K
    SHARES

    काभ्रे । काभ्रेको बनेपा नगरपालिका–६, २८ किलोमा ६ लाख नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख (एसपी) रबिकुमार पौडेललाई ठूलो रकममा जुवा खेलिरहेको सूचना आएपछि त्यसतर्फ प्रहरी परिचालन गरिएको थियो ।

    पक्राउ पर्नेमा पाँचकुमारी पेट्रोल पम्पका मालिक जनक तिमल्सिना, विश्वराज तामाङ, रामेश्वर केसी, अनिल थापा, भोला राय र किरण रञ्जितकार छन् । प्रहरीका अनुसार उनीहरुलाई बनेपा नगरपालिका ६ स्थित पाँचकुमारी पेट्रोल पम्प नजिक रहेको पम्प मालिक जनक तिमल्सिनाको घरमा जुवातास खेल्दै गरेको अवस्थामा शुक्रबार राति पक्राउ गरिएको थियो ।



    उनीहरुलाई जिल्ला प्रशासन कार्यालय काभ्रेबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको काभ्रेका एसपी पौडेलले जानकारी दिए । पक्राउ परेका जुवाडेबाट ६ लाख ५४ हजार ५ सय रुपैयाँ नगद, ४ बुक तास र जुवा खालमा प्रयोग भएको १ थान तन्नासमेत बरामद गरिएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार