Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • भारतमा नेपालको झण्डा जलाइएको विरोधमा वीरगञ्जमा प्रदर्शन

    भारतमा नेपालको झण्डा जलाइएको विरोधमा वीरगञ्जमा प्रदर्शन

    अनलाइन नेपाल
  • आइतबार, ७ असार २०७७
  • 3.7K
    SHARES

    वीरगञ्ज । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा संसदबाट पारित भएपछि केही भारतीयहरुले नेपालको झण्डा नै जलाएर विरोध गरे । उनीहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भूमी भएको दावी गर्दै नेपालको झण्डा जलाएर विरोध गरेका थिए ।

    तर, आज नेपालमा भने त्यसको विरोधमा प्रदर्शन भयो । नेपालको राष्ट्रिय झण्डा जलाइएको विरोधमा वीरगञ्जमा प्रदर्शन भएको हो ।



    जनता समाजवादी पार्टीको मुस्लिम विभाग केन्द्रीय कार्य समिति वीरगञ्जले विरोध प्रदर्शन गरेको हो ।



    प्रदर्शनका क्रममा सहभागिहरुले झण्डा हाम्रो शान हो, झण्डा हाम्रो पहिचान हो, नेपाल आमा जिन्दाबाद लगायतका नारा लगाएका थिए ।

    यद्यपी प्रहरीले भने उक्त प्रदर्शनमा हस्तक्षेप गरेको छ । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर २ जनालाई नियन्त्रणमा लिएको छ ।

    वीरगञ्जको मालपोत चोकबाट सुरु भएको विरोध प्रदर्शन घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।

    कोणसभा सकिनै लाग्दा प्रहरीले हस्तक्षेप गरेको र धकेलाधकेल भएपछि प्रहरीले महानगर अध्यक्षसहित २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

    प्रहरीले पार्टीको महानगर कमिटीका अध्यक्ष लियाकत अली र विद्यार्थी नेता मोहसिन राजालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार