Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • भक्तपुरको थिमिबाट यस्तो देखियो सूर्यग्रहण

    भक्तपुरको थिमिबाट यस्तो देखियो सूर्यग्रहण

    अनलाइन नेपाल
  • आइतबार, ७ असार २०७७
  • 1.9K
    SHARES

    काठमाडौं  । खण्डग्रास सूर्यग्रहण उपत्यकाबाट देखिएको छ । ८८ प्रतिशतसम्म सूर्य ढाकिएको  र नेपालको पश्चिमी भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशत सूर्य ढाकिएको देखिएको छ । यो ग्रहण सूर्य केवल बालाको आकारमा मात्रै देखिने सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिएको ज्योतिषीहरुले जानकारी दिएका छन् ।

    अबको करिब ४४ वर्षपछि मात्रै नेपालबाट वलय सूर्यग्रहण देखिनेछ । कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट यो वलय सूर्यग्रहण देख्न सकिन्छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखिनेछ ।



    खगोलविद्हरुका अनुसार दिउँसो १२ बजेर ३८ मिनेटमा काठमाडौंबाट करिब ८८ प्रतिशत सूर्य ढाकिएको देख्न सकिने जनाएका छन् । उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुने बताइएको छ ।



    सूर्यग्रहण खाली आँखाबाट अथवा टेलिस्कोपको प्रयोग गरेर समेत अवलोकन गर्न हुँदैन । ग्रहण लागेको बेलामा हिमाल आरोहणमा प्रयोग गरिने विशेष खालको चश्माबाट मात्र अवलोकन गर्न सकिने छ ।

    धार्मिक मान्यता अनुसार सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि र मकर राशि भएका मानिसहरुले हेर्न सकने छन भने अन्य राशि भएकाले हेर्दा अशुभ हुने छ । तर, खगोलविद्हरुले भने सूर्यग्रहण कसैले पनि सिधा हेर्न नहुने र सुरक्षित तरिका अपनाएर हेर्न हुने बताउँछन् । रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार