Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • तिब्बती शरणार्थीसहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि

    तिब्बती शरणार्थीसहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, ७ असार २०७७
  • 2.6K
    SHARES

    कास्की। आइतबार बिहानै गण्डकी प्रदेशमा तिब्बती शरणार्थीसहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ सय ४ पुगेको छ ।

    आइतबार बागलुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङको गल्कोट नगरपालिकका ४ पुरुष, ढोरपाटन नपाका १ पुरुष, काठेखोला गाउँपालिकामा ३ र बागलुङ नगरपालिकाका १ कोरोना संक्रमण पुष्टि भएको छ ।



    त्यस्तै, म्याग्दीको रघुग‌गा गाउँपालिका २ महिला, मंगला गाउँपालिकाका १ पुरुषमा संक्रमण पुष्टि भएको हो । तनहुँको रिसिङ गाउँपालिकाका १ पुरुष र पर्वतको कुश्मा नगरपालिकाका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदविन्दु शर्माले बताएका छन् ।



    सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशका ११ वटै जिल्लामा कोरोनाको संक्रमण देखिएसँगै प्रदेशका सबै जिल्ला रेड जोनमा परेका छन् । शनिबार साँझ मुस्ताङको छैरो शरणार्थी शिविरमा काठमाडौंबाट पुगेका ८३ वर्षे पुरुषमा कोरोना पुष्टि भएको हो । उनी तिब्बती शरणार्थी रहेको खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार