Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • आईएमएस ग्रुपले नेपालमा भित्र्यायो अस्ट्रेलियाको बेबि ब्राण्ड ‘ड्रीमबेबी’

    आईएमएस ग्रुपले नेपालमा भित्र्यायो अस्ट्रेलियाको बेबि ब्राण्ड ‘ड्रीमबेबी’

    अनलाइन नेपाल
  • आइतबार, ७ असार २०७७
  • 3K
    SHARES

    काठमाडौं । आईएमएस ग्रुप अन्तर्गतको आइएमएस लिटिल स्माइल्स्ले बच्चाहरुको सुरक्षाका निम्ती प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड ड्रीमबेबी  नेपाली बजारमा ल्याएको छ  । नेपालका लागि आधिकारिक बितरक आइएमएस लिटिल स्माइल्स्ले ड्रीमबेबीका सामाग्रीहरु नेपाली बजारमा भित्र्याएको हो ।

    ड्रीम बेबीका सामानहरू विशेष रूपमा बच्चाहरुको हेरचाह र सुरक्षालाई मध्यनजर गरी डिजाइन गरिएका छन् । ड्रीमबेबीको सामानहरुः गेट, छेक्सनी, पोटी तालिमका सामान र खुवाउने सामाग्रीहरु सामेल छन् ।



    ड्रीमबेबीका सामानहरू आइएमएस लिटिल स्माइल्स्का शोरूम, सिटी सेन्टर, कमलपोखरीमा उपलब्ध हुने आईएमएस ग्रुपका अध्यक्ष दिकेश मलहोत्राले बताए । अनलाइन डेलिभरीको लागि नेपालको एक मध्ये सबैभन्दा ठूलो अनलाइन मेगास्टोर स्मार्ट डोकोमा पनि उपलब्ध रहेको बताइएको छ ।



    ग्राहकहरूलाई इन्ट्रोडक्टरी अफरको रूपमा ड्रीमबेबीका सामानहरूमा १० प्रतिशत छुटका साथै पाँच हजारभन्दा बढीको खरिदमा डाक्टर ब्राउनको रु.९८० मूल्यको ४ वटा पेसिफायर मध्य शिशुको उमेर र मनपर्ने रङ्ग अनुसार एउटा पेसिफायर प्राप्त गर्न सकिने पनि कम्पनीले जनाएको छ । डक्टरब्राउन अमेरिकाको उच्चस्तरीय बेबीबोतल ब्राण्ड हो । यस ब्राण्डको उत्पादनहरू बोतल, खुवाउने सामानदेखि लिएर पेसिफाइर, सिप्पिकप र अन्य धेरै छन् ।

    ग्रुपका अध्यक्ष मलहोत्राले भने, ‘नेपालमा अर्को अन्तर्राष्ट्रिय ब्रान्ड ड्रीम बेबीको वितरक प्राप्त गर्न पाउँदा हामी अत्यन्तै हर्षित र गर्व महसुस गर्दछौं । आमाबुवाको प्राथमिकता भनेको नै बालबालिकाको सुरक्षा हुन्छ, त्यसकारण हामी हाम्रा नेपाली आमाबुबाको चिन्तालाई सम्बोधन गर्ने आशाको साथ ड्रीम बेबी नेपाली बजारमा उपलब्ध गराउन पाउँदा अत्यन्त खुशी छौै ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार