Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

भारतबाट विवाह गरेर आउने महिलालाई नागरिकता दिन शशांकको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नागरिकताको बिषयमा बिबादास्पद अभिव्यक्ति दिएका छन्।

डा. कोइरालाले भारतबाट विवाह गरेर आउने महिलालाई तत्काल नागरिकता दिनुपर्ने   माग राखेका छन् ।

टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग शुक्रबार कुरा गर्दै डा.कोइरालाले बिहे गरेर आउनेवित्तिकै विदेशी महिलालाई नागरिकता दिनुपर्ने बताए ।

उनले विदेशी महिलालाई नागरिकता दिँदैमा नेपाललाई फिजी बनाउन नसकिने बताए ।

‘विदेशी महिलाले विवाह गरेर आइसकेपछि आफ्नो नागरिकता बुझाइसकेको छभने विदेशी बुहारीलाई नागरिकता दिन केको आपत्ति ?’, उनले प्रतिप्रश्न गर्दै भने, ‘अरु (भारत)को हामीले किन फलो गर्ने ? हाम्रो आफ्नै हुनु प-यो नि ।’

‘न्यायाधीश बन्न नदिने, प्रधानमन्त्री बन्न नदिने, राष्ट्रपति बन्न नदिने यो ठीक हो’, महामन्त्री डा.कोइरालाले भने, ‘किन सात वर्ष लगाउने ? किन पर्खिने ?’

‘अहिलेको अवस्थामा कांग्रेसको विमती छ । ०६२/६३ को आन्दोलनपछि राखिएको नागरिकताको व्यवस्था ठीक छ’, उनले भने, ‘नागरिकता दिएर नेपाल फिजी बन्दैन । विवाह गरेर ल्याइसकेपछि नागरिकता दिनुपर्छ ।’

विदेशी महिलालाई विवाह गरेर आएको सात वर्षपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता दिनुपर्ने भनेर आवाज उठेका बेला कांग्रेसका महामन्त्री डा.कोइरालाले विदेशी महिलाहरूलाई विवाह गरेर आउनेवित्तिकै नागरिकता दिनुपर्ने अडान लिएका हुन् ।

०६२/६३ को आन्दोलनपछि भारतीय नागरिकहरूले नेपाली नागरिकता लिएको भनेर आवाज उठेको छ । त्यस बेला विवाह गरेर आउनेवित्तिकै भारतीय महिलालाई नेपाली नागरिकता दिने प्रावधान समेत राखिएको छ ।

भारतमा विवाह गरेर जाने नेपाली महिलालाई सात वर्षसम्म नागरिकता दिइदैन । तर, नेपालमा भारतीय महिलाले आउनेवित्तिकै नागरिकता पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077