Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • सिरहामा डाक्टरको लापरबाहीले प्रसुतीको मृत्यु, पैसाको लोभमा अपरेशन

    सिरहामा डाक्टरको लापरबाहीले प्रसुतीको मृत्यु, पैसाको लोभमा अपरेशन

    महेश सिंह
  • शुक्रबार, ५ असार २०७७
  • 2.8K
    SHARES

    सिरहा। सिरहाको लाहानस्थित पोलिक्लिनिकमा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको छ । त्यसो त लाहानमा  बिरामीको ज्यान जानु कुनै नौलो कुरा होइन । प्रत्येक ३ महिनामा यहाँका पोलिक्लिनिकहरु यस्तो घटनाले विवादमा आइरहेका छन्।  शुक्रवार बिहान लाहानस्थित लिला मदन पोलिक्लिनीकमा प्रसुती गराउन आएकी एक महिलाको ज्यान गएको छ ।

    पैसा दोहन खेलको मास्टरमाईन्ड उक्त पोलिक्लिनिकका डाक्टरले पुनः अपरेशन गर्नुपर्ने भन्दै  प्रसुतीको ज्यान लिएको पीडित परिवारको आरोप रहेको छ ।



    सप्तरीको खडग नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी बर्ष २३ की मौसम खातुनको २५ दिनअघि लिलामदनमै अपरेशन गरिएको पारिवारीक  स्रोतले जनाएको छ । अपरेशनको दुई वटा टाँका चुडेपछी खातुनलाई पीडा भएको थियो ।



    पेट दुखेपछी पुनः अस्पताल आउँदा ३० हजार रुपैयाँ लाग्ने र पुनः अपरेशन गर्नुपर्ने भन्दै अस्पतालले रकमको लोभमा अपरेशन गरेको परिवारजनको आरोप रहेको छ ।

    दोस्रोपटक अपरेसनमा भएको लापरबाहीले खातुनको ज्यान गएको परिवारजनको भनाई छ । खातुनको मृत्यु लगत्तै क्लीनिकका डाक्टर डा. दिलिप साह टाप ठोकेका थिए । अहिले उनी सम्पर्कमा नआएको पोलिक्लिनिक स्रोतले जनाए ।

    घटना लगतै पोलिक्लिनिकका संचालक पीडित परिवारलाई मिलाउने कसरतमा लागेका छन् । अवस्था तनावग्रस्त भएपछि ईलाका प्रहरी कार्यालय लाहानको टोली अस्पताल पुगेका थिए । घटनाको बिषयमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लाहानका डिएसपी सरद थापाले बताए। ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार