Online Nepal
  • बुधबार, २ माघ २०८१
  • चीनले तिब्बतमा सुरू गर्‍याे ठूलो सैन्य अभ्यास(भिडियोसहित)

    चीनले तिब्बतमा सुरू गर्‍याे ठूलो सैन्य अभ्यास(भिडियोसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असार २०७७
  • 3.1K
    SHARES

    एजेन्सी । चीनले तिब्बतमा ठूलो सैन्य अभ्यास सुरू गरेकाे छ। भारतसँग लद्दाखको पूर्वी क्षेत्रको गलवान भ्यालीमा भएको हिंसात्मक झडपपछि चीनले आफ्नो सैन्य शक्तिलाई सीमा क्षेत्रमा केन्द्रित गरेको छ । बिहीबार तिब्बत अटोनोमस रिजनमा ठूलो सैन्य अभ्यास गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

    चिनियाँ जनमुक्ति सेनाले आफूसँग उपलब्ध क्षमताको परीक्षण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भौगोलिक अवस्था अनुसार लडाकु जहाज, उपलब्ध सैन्य ट्याङ्कलगायतको परीक्षण गरिएको हो । युद्धक ट्याङ्क, फाइटल जेट र सैनिकले अभ्यासमा भाग लिएका थिए ।

    चीन सरकारले यो सैन्य अभ्यासका लागि विभिन्न ठाउँबाट हतियार, सैनिक, ट्याङ्क, बख्तरबन्द गाडी, लडाकु जहाज र नयाँ हतियारसमेत जम्मा गरेको थियो । नयाँ हतियार टाइप १५ लाइटवेट ट्याङ्क, एचजे १० एन्टी ट्याङ्क मिसाइल लगायत पनि अभ्यासमा सामेल गरिएको थियो ।

    चिनियाँ जनमुक्ति सेनाले यो अभ्यास ४ हजार ७ सय मिटर भन्दा धेरैको उचाइमा गरेको थियो । मल्टिपल रकेट लन्चर, तोप र एन्टि एयरक्राफ्ट सिस्टमको पनि प्रयोग गरिएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार