काठमाडौँ — कतारमा आममाफी पाएका ४३ नेपाली कामदार स्वदेश आइपुगेका छन् । तारस्थित नेपाली दूतावासले इदका अवसरमा आममाफी पाएका नेपालीलाई कतारले आफ्नै खर्चमा नेपाल पठाएको जनाएको छ ।
कतार एयरवेजको विमानमा उनीहरू शुक्रबार दिउँसो त्रिभुवन विमानस्थल झरेका हुन् ।
दिउँसो साढे १२ बजेतिर आइपुगेको क्युआर ३२३४ नम्बरको सोही उडानमा २० नेपालीको शव पनि ल्याइएको छ । कतारमा लकडाउनको अवधिमा मृत्यु भएका ४० मध्ये २० जनाको शव ल्याइएको हो । ६ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका थिए ।
Leave a Reply