Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • १२ वर्षीया बालिकालाई बलात्कारको गरेकाे आरोपमा दुई पक्राउ

    १२ वर्षीया बालिकालाई बलात्कारको गरेकाे आरोपमा दुई पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असार २०७७
  • 1.9K
    SHARES

    कैलाली । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

    प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९ का नवीन सावद र सोही ठाउँका वर्ष २० का चन्द्र सावदलाई पक्राउ गरेको जनाएको छ ।



    पीडित बालिकाको बयानअनुसार बलात्कारको आरोपमा ती दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार