Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • गण्डकीमा एकैदिन थपिए ५६ जना काेराेना संक्रमित

    गण्डकीमा एकैदिन थपिए ५६ जना काेराेना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असार २०७७
  • 2.2K
    SHARES

    पोखरा । गण्डकी प्रदेशमा एकैदिन ५६ जनामा काेराेना संक्रमण देखिएकाे छ। बागलुङमा १०, तनहुँमा १७ र पर्वतमा पाँचजना कोरोना संक्रमित थपिएका हुन् ।

    बागलुङ नगरपालिकामा ५ जना पुरूष, ढोरपाटन नगरपालिकामा ४ जना पुरूष र बागलुङकै पालिका नखुलेकी एक महिलामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।



    तनहुँको घिरिङ नगरपालिकामा मात्र १४ जना पुरूष र ३ जना महिलामा कोरोना संक्रमण देखिएको छ । पर्वतको कुश्मा नगरपालिकामा ३ जना पुरूष र २ महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।



    सबैलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

    आज बिहानमात्र गण्डकीमा ४ जिल्लामा २४ जना संक्रमित भेटिएका थिए । नवलपुरमा २, बागलुङमा १४, कास्कीमा ६ र स्याङ्जामा २ जनामा आज बिहानै संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार