Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • भारतद्वारा काँकडभिट्टा नाकाबाट निर्यात हुने वस्तुमा रोक

    भारतद्वारा काँकडभिट्टा नाकाबाट निर्यात हुने वस्तुमा रोक

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असार २०७७
  • 2.7K
    SHARES

    काठमाडाैँ । भारतले काँकडभिट्टा नाकाबाट निर्यात हुने सम्पूर्ण वस्तुहरूमा रोक लगाएको छ। बिहीबार नेपालबाट भारत तथा बंगलादेशका लागि हिँडेका चिया, अलैंची र अम्रीसोका निर्यात रोक्दा ट्रकहरू मेची पुलमा रोकिएका छन्।

    लकडाउन सुरू भएदेखि नै औपचारिक रूपमै उक्त नाकाबाट निर्यातमा रोक लगाइएको थियो तर बीचमा सहमतिमा व्यवसायीहरूले निर्यात गरिरहेका थिए। भन्सार विभागका महानिर्देशक सुमन दाहालले यहाँबाट जाने सम्पूर्ण सामग्रीहरू रोकिएकाे बताए। लकडाउनपछि पश्चिम बंगाल सरकारले नेपालबाट जाने वस्तुहरूमा रोक लगाएको थियो। लकडाउन अलि खुकुलो भएसँगै अनुमति दिने आशमा गएका ट्रकलाई रोकिएको हो।



    निर्यात सहजीकरणको लागि भारतको पश्चिम बंगाल सरकारसँग छलफल भइरहेको दाहालले बताए। उक्त नाकाबाट विषेशगरि कृषिजन्य वस्तुहरूको आयात हुने गरेको छ। निर्यातमा रोक लगाइए पनि आयात भने भइरहेको उनले जानकारी दिए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार