Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • साउनको अन्त्यतिर नेपालमा कोरोना भाइरसको संक्रमण उत्कर्षमा पुग्ने

    साउनको अन्त्यतिर नेपालमा कोरोना भाइरसको संक्रमण उत्कर्षमा पुग्ने

    अनलाइन नेपाल
  • बिहिबार, ४ असार २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ।

    नेपालमा लगातार बढिरहेको कोरोना भाइरस साउन महिनाको अन्त्यतिर उत्कर्षमा पुग्ने आँकलन प्रधानमन्त्री केपी ओलीले गरेका छन् ।



    केही साताअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले नेपालमा सङ्क्रमतिको सङ्ख्या २५,००० नाघ्ने आँकलन गरेका थिए।



    राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले दिनहुँ भारतबाट फर्किरहेका नेपालीहरूको सङ्ख्या विस्तारै कम हुँदै गएको आँकडा प्रस्तुत गरेका छन्।

    तर, विज्ञहरूले भने नेपालमा एक सङ्क्रमित व्यक्तिले कति जनालाई सारिरहेका छन् भन्ने स्पष्ट तथ्याङ्कको अभाव भएकाले अहिलेनै अनुमान गर्न कठिन हुने बताएका छन्।

    साथै प्रधानमन्त्रीको अनुमान सही हुनका निम्ति विदेशबाट आउनेहरूलाई राख्ने क्वारन्टीनको उचित व्यवस्थापन र समुदायमा सङ्क्रमण नफैलिन आवश्यक भएको उनीहरूको धारणा छ।

    चैतदेखि नै जेठसम्म आइपुग्दा दैनिक करिब सात हजारको औसतमा मानिस आएको र यो क्रम अहिले करिब दुई हजारमा घटेको प्रधानमन्त्री ओलीको तर्क छ ।

    त्यो हिसाबमा साउनको अन्तिम साता वा भदौको पहिलो साता हामीकहाँ सङ्क्रमण उच्च बिन्दुमा पुग्ने उनले वताए ।
    तर,  पहिलो उच्च बिन्दुबाट ओरालो लाग्ने समयमा नै धेरै चाडपर्वको मौसम पनि आइपर्ने हुनाले त्यसले फेरि जोखिम बढाउने प्रधानमन्त्री ओली ले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार