Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • बमजनको आश्रममा सिआईबीले छापा मार्नु अघि कसले चुहायाे सूचना ?

    बमजनको आश्रममा सिआईबीले छापा मार्नु अघि कसले चुहायाे सूचना ?

    अनलाइन नेपाल
  • बिहिबार, ४ असार २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । सिन्धुलीस्थित रामबहादुर बम्जनको आश्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले आज (बिहीबार) छापा मारेको छ ।

    सीआईबीको टोली उनलाई पक्राउ गर्न पूर्ण तयारीका साथ त्यहाँ पुगेको भएपनि पहिले नै सूचना चुहाएका कारण उनी भाग्न सफल भएको स्रोतले बतायो ।



    सिआईबीले ८ घण्टा सर्च अपरेशन चलाए पनि उनी भने जंगलतिर नै भाग्न सफल भएका थिए । प्रहरीले सिन्धुलीस्थित बम्जन आश्रममा छापा हानेको यो तेस्रो पटक हो ।



    बम्जनमाथि बलात्कार, हत्या र मानिस बेपत्ता पारको आरोप छ । जिल्ला आदालत सिन्धुलीले पनि उनलाई पक्राउ गर्न पूर्जी दिइसकेको छ ।

    बमजनका सिन्धुलीस्थित आश्रमबाट आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा तथा दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइवा पनि बेपत्ता छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार